सम्पदा लघुवित्तका ८ हजार ३ सय कित्ता संस्थापक सेयर बिक्रीमा, विद्यमान सेयरधनीलाई पहिलो प्राथमिकता

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको नाममा रहेको ८ हजार ३ सय कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

संस्थाले यस सेयर बिक्रीमा विद्यमान संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता दिने नीति अपनाएको छ। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न चाहने सेयरधनीहरूले संस्थाको केन्द्रीय कार्यालय, बन्दिपुर–१, डुम्रे, तनहुँमा उपस्थित भई आफूले कति कित्ता सेयर खरिद गर्न चाहेको हो स्पष्ट उल्लेख गर्दै आवेदन दिनुपर्नेछ।

यदि तोकिएको म्यादभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारणलाई बिक्री गरिने संस्थाले जानकारी दिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्