DISH HOME

सिद्धार्थ बैंकद्धारा नयाँ सुविधा सार्वजनिक, व्यवसायिक प्रयोजनका लागि सामान किन्दा विशेष छुटको व्यवस्था

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंकले नयाँ सुविधा सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी रिभर्स फयाक्टरिङ्ग सेवा सार्वजनिक गरेको हो ।
यस सेवा अन्तर्गत बैंकले कर्जा सुविधा उपभोग गरिरहेका ग्राहकहरुलाई व्यवसायिक प्रयोजनका लागि वस्तु खरिद गर्दा विभिन्न निर्माता तथा वितरकहरुबाट जारी गरिएको आवधिक इनभ्वाइसलाई निश्चित शुल्क लिई डिस्काउन्ट गरी इनभ्वाइस वापतको रकम तत्काल बिक्री वितरकलाई उपलब्ध गराउने छ ।
यसबाट खरिदकर्ता ग्राहकले बिक्री वितरकवाट विशेष सहुलियत र छुटमा वस्तु खरिद गर्न सहयोग पुर्याउने बैंकले जनाएको छ । यो सुविधा बैंकले एफवान सफ्ट इन्टरनेशनलद्वारा यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्रामसँगको सहकार्यमा विकसित ‘क्विकभुक्तानी’ नामक प्लाटफर्मबाट कार्यान्वयन गर्ने भएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै