PRABHU BANK

डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने

Nadep Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने भएको छ । उक्त प्रकृयाको लागि दुई संस्थाबीच पुस १५ गते नै प्रारम्भिक समझदारी (एमओयू) पत्रमा हस्ताक्षर भएको हो । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका तर्फबाट अध्यक्ष दीपक खनाल र नाडेप लघुवित्त वित्तीय संस्थाका तर्फबाट अध्यक्ष पिताम्बरप्रसाद आचार्यले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
यससँगै नाडेप लघुवित्तको पुस १६ गते बिहीबारदेखि नै दोश्रो बजारमा सेयर कारोबार रोक्का भएको छ । चितवन जिल्लाको भरतपूरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्स लघुवित्तले देशका ७१ जिल्लामा १२३ शाखा कार्यालयहरुमार्फत करिव २ लाख २२ हजार भन्दा बढी विपन्न सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाको चुक्ता पुँजी १ अर्व ५४ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै धादिङ्ग जिल्लाको गजूरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्तले देशका ४६ जिल्लामा ७८ शाखा कार्यालयहरुमार्फत ८० हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ । प्राप्ति पश्चात लघुवित्त वित्तीय संस्थाको क्षेत्रमा एउटा सवल, सक्षम र नेतृत्वदायी लघुवित्त वित्तीय संथाको रुपमा स्थापित भई अग्रणी लघुवित्त वित्तीय संस्था बन्ने छ । साथै ग्राहक सदस्यहरुले पनि स्तरीय सेवा पाउने तथा सेयरधनीलाई समेत राम्रो प्रतिफल दिन सक्षम हुने संस्थाको विश्वास रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै