PRABHU BANK

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको कायममुकायम सीईओमा हरिकृष्ण जोशी नियुक्त

Global IME Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा हरिकृष्ण जोशी नियुक्त भएका छन् । कम्पनीको पुस १६ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले कम्पनीको कामु सीईओमा जोशीलाई नियुक्त गरेको हो ।
नवनियुक्त कामु सीईओ जोशी कम्पनीको नायव प्रमुख कार्यकारी अधिकृतसमेत हुन् । संस्थाको प्रमुख कार्यकारी अधिकृत किरण कुवँरको करार पदावधि सकिएसँगै बैठकले जोशीलाई कामु सीईओको जिम्मेवारी दिएको हो । सीईओ कुँवरको पदावधि यहि पुस १६ गते सकिएको हो ।
यससँगै नवनियुक्त कामु सीईओ जोशीले कम्पनीको बैठकले अर्को व्यवस्था नभएसम्म संस्थाको उक्त पदको कार्यभार सम्हाल्ने भएका छन् । यसका साथै बैठकले पुस १६ गतेदेखिनै लागु हुने गरी जोशीलाई कम्पनी सचिवमा पनि नियुक्त गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै