PRABHU BANK

ग्लोबल आइएमई बैंकले विभिन्न सामाजिक कार्य गरेर मनायो १४औं वार्षिकोत्सव

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विभिन्न सामाजिक कार्य गरेर आफ्नो १४औं वार्षिकोत्सव मनाएको छ । बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालयले वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विरेन्द्रनगर, सुर्खेतस्थित मानव सेवा आश्रमका विभिन्न उमेर समुहका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको छ ।
बैंकको कर्णाली प्रादेशिक शाखा कार्यालय प्रमुख विष्णु अर्यालले मानव सेवा आश्रम, सुर्खेत शाखालाई न्यानो कपडा हस्तान्तरण गरेका हुन् । बैंकले समाजलाई टेवा पुर्याउने उद्देश्यकासाथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न समाजपयोगी कार्यहरु गर्दै आएको छ ।
बैंकले हालसम्म २ सय ६४ वटा शाखा, २ सय ४० वटा एटीएम, २ सय ४३ वटा शाखारहित बैंकिङ सेवा, २७ वटा सरकारी राजश्व संकलन काउन्टर, १ वटा सिडिएस एण्ड किल्यरिङ काउन्टर, १९ वटा एक्सटेन्सन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै