निक्षेपमा तीव्र वृद्धि, कर्जामा सुस्तता

काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप संकलनको दर उच्च देखिएको छ। नेपाल राष्ट्र बैंकको असार १२ र १३ गते सार्वजनिक तथ्यांक अनुसार, एकैदिन ८ अर्ब रुपैयाँ बराबरको निक्षेप प्रणालीमा थपिएको छ।

असार ११ गतेसम्म कुल निक्षेप ७० खर्ब ३५ अर्ब रुपैयाँ रहेकोमा असार १२ मा बढेर ७० खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। सोही अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि ९ अर्ब रुपैयाँले वृद्धि भएको छ।

तर, निक्षेप संकलनसँगै कर्जा प्रवाहमा भने उल्लेख्य वृद्धि देखिएको छैन। असार ११ मा ५५ खर्ब ७४ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह भएकोमा असार १२ मा जम्मा १ अर्ब रुपैयाँले मात्र वृद्धि भएको छ। वाणिज्य बैंकहरूबाट प्रवाह हुने कर्जा पनि सोही अनुपातमा १ अर्बले मात्र बढेको हो।

उक्त अवधिमा अन्तर बैंक ब्याजदर ३ प्रतिशत कायम रहेको छ भने सीडी रेसियो (कर्जा-निक्षेप अनुपात) ७८.५ प्रतिशत पुगेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्