PRABHU BANK

मुक्तिनाथ विकास बैंक लिमिटेडको प्रस्तावित १५.५० प्रतिशत लाभांश पारित

Muktinath Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंकको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको प्रस्तावित १५.५०७४ प्रतिशत लाभांश पारित भएको हो । बैंकको पुस २५ गते शनिबार सम्पन्न विकास बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । 
सभाले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट सेयरधनीहरुलाई ४.२५७४ प्रतिशत नगद लाभांश र ११.२५ बोनस सेयरसहित १५.५०७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । विकास बैंकको १४औं वार्षिक साधारणसभा पोखरामा सम्पन्न भएको हो ।
बैंकले कोरोना महामारीको विषम परिस्थितिमा भर्चुअल माध्यमबाट पनि सेयरधनीहरुलाई सहभागिता गराएको थियो । साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पनि प्रस्तुत गरेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै