चेक अनादर मुद्धाका दुई फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका दुई प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँ बन्दिपुर गाउँपालिका-१ निवासी ४७ वर्षीय विष्णु बहादुर भण्डारी र रोल्पा माडी गाउँपालिका-४ निवासी तथा हाल काठमाडौं महानगरपालिका-२६, गोंगबु बसोबास गर्दै आएका ३८ वर्षीय प्रेम बहादुर विक छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले विष्णु बहादुर भण्डारीलाई काठमाडौं महानगरपालिका-३, महाराजगञ्जबाट शुक्रबार पक्राउ गरेको हो। उनीमाथि जिल्ला अदालत काठमाडौंले २०८० मंसिर २७ गतेको फैसलामा ११ लाख रुपैयाँ जरिवाना र १ महिनाको कैद सजाय सुनाएको थियो।

त्यस्तै, प्रेम बहादुर विकलाई प्रहरीले बिहीबार गोंगबु क्षेत्रबाट पक्राउ गरेको हो। उनीमाथि १४ लाख रुपैयाँ ठगी गरेको अभियोग छ।

पक्राउ परेका भण्डारीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको छ भने विकलाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँके पठाइएको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्