PRABHU BANK

सिटिजन्स बैंकद्धारा शाखारहित बैंकिङ सेवा संचालनमा, सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्य

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले जाजरकोट जिल्लाको नलगाड नगरपालिका कालीमाटीमा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको हो । 
बैंकले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यले उक्त स्थानमा शाखारहित बैंकिङ सेवा संचालनमा लयाएको हो । बैंकले पुस २४ गतेबाट १०७औं शाखारहित बैंकिङ सेवाको शुरु गरेको हो । उक्त स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी अमर बहादुर बोहरा लाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखारहित बैंकिङ सेवाबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाहरुको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य बैंकले राखेको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंकप्रति उल्लेखिय विश्वास एंव बैंकिङ सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ । बैंकले १ सय ९ वटा शाखा, ९८ वटा एटीएम र १ सय ७ वटा शाखा रहित बैंकिङ सेवामार्फत करिव ७ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै