PRABHU BANK

नेपाल बङ्गलादेश बैंकको प्रस्तावित ८.४२ प्रतिशत लाभांश पारित

Nepal Bangladesh Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बङ्गलादेश बैंकको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको पुस २६ गते सम्पन्न २६औं वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको ८.४२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।
सभाले पारित गरेसँगै सेयरधनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट २०७७ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजीको २.४२ प्रतिशत (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर समेत गरी) नगद लाभांश र ६ प्रतिशतका दरले बोनस सेयर गरी सो ८.४२ प्रतिशत लाभांश पाउने भएका छन् । बैंकको वार्षिक साधारणसभा काठमाडौंको कमलादीस्थित कम्पनीको सभाकक्षमा जुम वेविनार मार्लत सम्पन्न भएको हो । सभाले प्रबन्धपत्रमा संशोधन गरी अधिकृत पुँजी १५ अर्व पुर्याउने र जारी तथा चुक्ता पुँजीमा बोनस सेयर जारी भए अनुरूप समसामयिक संशोधन गर्ने प्रस्ताव समेत सर्वसम्मतिबाट पारित भएको छ ।
सभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, बैंकको लेखापरीक्षण प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुका साथै बैंकका सहायक कम्पनीहरू नेपाल बंगलादेश क्यापिटल लिमिटेड र एनबीबीएल सेक्युरिटिज लिमिटेड सहितको आर्थिक वर्ष २०७६/०७७ को एकीकृत वार्षिक वित्तीय विवरण पारित गरेको थियो । साथै बैंकले आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक सुधिरकुमार शर्मा, एस एण्ड एस एशोसियटस्, चार्टर्ड अकाउन्टेन्टसलाई पुनःनियुक्ति गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै