PRABHU BANK

लुम्बिनी विकास बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित १० प्रतिशत लाभांश पारित

Lumbini Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । लुम्बिनी विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको १३औं वार्षिक साधारणसभा पुस २६ गते आईतबार सम्पन्न भएको हो । उक्त साधारणसभाले बैंकको प्रस्तावित १० प्रतिशत लाभांश पारित गरेको छ । बैंकको आईतबार सम्पन्न भएको साधारणसभाले सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको हो ।
यससँगै सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ३ प्रतिशत नगद लाभांश (कर सहित) र ७ प्रतिशत बोनस सेयर गरी कुल १० प्रतिशत लाभांश पाउने भएका छन् । सभाले आर्थिक वर्ष २०७६/७७को वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरु पारित गरेको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसालको अध्यक्षतामा सम्पन्न सभामा बैंकले कोभिड-१९ को परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट सेयरधनीलाई सहभागिता गराएको थियो ।
बैंकले ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ देशभर ६९ वटा शाखा कार्यालयहरु र १७ वटा एटीएमबाट आफ्ना करिब २ लाख ६४ हजार ग्राहकलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधि सहितको बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकले आफ्ना ग्राहकलाई निःशुल्क डेबिटरएटीएम कार्ड वितरण गर्नुका साथै उक्त कार्डबाट नेपाल भित्रका कुनै पनि बैंकका भिजा नेटवर्क भएका एटीएमबाट रकम झिक्दा अतिरिक्त शुल्क नलाग्ने व्यवस्था मिलाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै