PRABHU BANK

मेगा बैंक र नेपाल महिला उद्यमशील महासंघबीच सम्झौता, सहुलियतपुर्ण कर्जा प्रदान गर्ने

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेड र नेपाल महिला उद्यमशील महासंघबीच सम्झौता सम्झौता भको छ । बैंकले विपन्नवर्ग, महिलाद्धारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवर्धन गर्ने उद्देश्यले नेपाल उद्यमशील महिला महासंघसँग सहुलियतपुर्ण कर्जा सम्बन्धी सम्झौता गरेको हो ।
मेगा बैंकका तर्फबाट बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र नेपाल उद्यमशील महिला महासंघका तर्फबा महासंघकी अध्यक्ष देविका बुढाथोकीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । योसँगै मेगा बैंकले महासंघसँग आवद्ध उद्यमी महिलाहरुलाई आफ्नो व्यवसाय विस्तार गर्नको लागि साना तथा मझौला कर्जा एवम् नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण व्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण व्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्ने भएको छ ।
कार्यक्रममा बोल्दै बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा बैंकका सबै शाखा कार्यालयहरु मार्फत छिटो छरितो ढंगले प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै महासंघकी अध्यक्ष बुढाथोकीले मेगा बैंकले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले बैंकसँग सहकार्य गर्न लागेको बताइन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै