PRABHU BANK

ग्रीन डेभलपमेन्ट बैंकले आफ्ना सेयरधनीहरुलाई ५.१० प्रतिशत लाभांश वितरण गर्ने

Green Develpoment Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीलाई ५.१० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २८ गते बसेको विकास बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयधरनीलाई ४.८४५ प्रतिशत बोनस र ०.२५५ प्रतिशत नगद गरी कूल ५.१० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
जसलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै यरधनीले उक्त लाभांश पाउने भएका छन् । हाल संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । ४.८४५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ५२ करोड ४२ लाख रुपैयाँ पुग्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै