PRABHU BANK

ग्लोबल आइएमई बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको पुस २९ गते बुधबार १४औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । बैंकको १४औं वार्षिक साधारणसभा काठमाडौंको कमलादीस्थित बैंकको कर्पोरेट भवनमा सम्पन्न भएको हो । उक्त सभाले बैंकको प्रस्तावित १६ प्रतिशत लाभांश पारित गरेको छ । पुस २९ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद लाभांश गरी १६ प्रतिशत लाभांश पाउने भएका छन् । बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा सञ्चालन नाफा ४ अर्व १७ करोड रुपैयाँ र कर पछिको नाफा २ अर्व ९१ करोड रुपैयाँ आर्जन गरेको थियो । बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २१ अर्व ६३ करोड रुपैयाँ पुग्ने भएको छ । साधारणसभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदन प्रस्तुत गर्दै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमई बैंक आफ्नो स्थापना कालदेखि नै नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरुको परिपालनमा कटिबद्ध रहेको बताएका छन् । 
उनले बैंकले संघीय सरकार तथा नेपाल राष्ट्र बैंकले अंगिकार गरेको मर्जर तथा प्राप्ति नीति अनुरुप हालसम्म १८ वटा बैंक तथा वित्तीय संस्थाहरु यस बैंकमा समाहित गरिएको पनि बताएका छन् । बैंकले ७३ जिल्लामा २ सय ६४ शाखा सञ्जाल सहित करिब ८ सय सेवा केन्द्रबाट बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ भने करिब २२ लाख ग्राहकहरु रहेका छन् । । बैंकमा ३ हजार भन्दा बढी कर्मचारीहरु कार्यरत रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै