prabhu

लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ९औं वार्षिक साधारणसभा सम्पन्न

Laxmi Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको पुस २९ गते बुधबार ९औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । उक्त वार्षिक साधारणसभाले कम्पनीको प्रस्तावित २३.१६ प्रतिशत लाभांश पारित गरेको छ । बुधबार सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो ।
९औं वार्षिक साधारण सभाले सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको आर्थिक वर्ष २०७६/वार्षिक प्रतिवेदन पनि पारित गरेको छ । यस्तै कम्पनीले २०७७ आषाढ मसान्तमा कायम रहेको चुक्ता पुँजी २७ करोड ८३ लाखको ८.१६ प्रतिशत नगद लाभांश (कर समेत) र १५ प्रतिशतको बोनस सेयर पनि पारित गरेको छ । बोनस सेयर पश्चात कम्पनीको चुक्तापुँजी ३२ करोड ४५ हजार रुपैयाँ पुग्नेछ ।
साथै अन्य इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्न उपयुक्त देखिएमा सो सम्बन्धी आवश्यक कार्य अगाडि बढाउन सञ्चालक समिति वा समितिले तोकेका व्यक्तिलाई अख्तियारी प्रत्यायोजन गर्ने प्रस्तावलाईसमेत निरन्तरता प्रदान गरेको छ । संस्थाले हालसम्म देशभर ७२ वटा शाखा कार्यालयहरुमार्फत ९० हजार ग्राहक सदस्यहरुलाई प्रत्यक्ष रुपमा सेवा प्रदान गर्दै आईरहेको छ । त्यस्तैगरी संस्थाले ५ अर्व ६८ करोड रुपैयाँ लगानी गरेको छ भने आफ्ना ग्राहक सदस्यहरुबाट १ अर्व ८३ करोड रुपैयाँ बचत संकलन गरेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै