PRABHU BANK

मञ्जुश्री फाइनान्स लिमिटेडको वार्षिक साधारणसभाद्धारा प्रस्तावित लाभांश पारित, सञ्चालकमा ४ जना निर्विरोध निर्वाचित

Manjushree Finance
  • बैंकिङ संसार
काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडको प्रस्तावित लाभांश पारित भएको छ । कम्पनीको पुस २९ गते बुधबार सम्पन्न १३औंं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावित २३.५ प्रतिशत लाभांश पारित गरेको हो ।सभाले प्रस्तावित ५.५ प्रतिशत नगद र १८ प्रतिशत बोनस सेयर गरी कूल २३.५ प्रतिशत लाभांश पारित गरेको हो । बोनस सेयर बाँडफाँड पश्चात संस्थाको चुक्ता पुँजी ९६ करोड ५३ लाख रुपैयाँ पुगेको छ ।
सभाले संस्थापक समूहका सेयरधनीहरुका तर्फबाट सञ्चालकको पदका लागि यादब अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा र सर्वसाधारण सेयरधनीका तर्फबाट दिलमान सिंह चन्द निर्विरोध निर्वाचित गरेको छ । यससँगै सभा पश्चात बसेको सञ्चालक समितिको बैठकले इन्दिरा पन्डित घिमिरेलाई अध्यक्ष पदमा सर्वसम्मत रुपमा चयन गरेको छ ।
राष्ट्रिय स्तरको कम्पनीले हालसम्म ९ अर्व रुपैयाँ निक्षेप संकलन तथा ७ अर्व ९६ करोड रुपैयाँ कर्जा लगानी रहेको छ । काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको संस्थाले न्युरोड काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा वीरगञ्ज शाखाबाट कारोबार गरिरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै