prabhu

राष्ट्रिय वाणिज्य बैंकसहित ४ बैंकको बाउन्स चेक काट्ने ३ जना पक्राउ, ३ करोड बढी ठगी

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकसहित ४ बैंकको बाउन्स चेक काट्ने ३ जना व्यक्ति पक्राउ परेका छन् । राष्ट्रिय वाणिज्य बैंक, नबिल, सनराइज र लक्ष्मीका खातामा पैसा नभई चेक काट्ने चितवनका राम बहादुर अधिकारी, काठमाडौंका सुवास थापा र गोरखाका विष्णु अंगाईलाई केन्द्रिय अनुसन्धान व्युरोले विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउको लागि परिचालित प्रहरी टोलीले बैकिङ कसूर (चेक बाउन्स) मुद्दाहरुमा उच्च अदालत पाटनबाट कसूरदार ठहर भई फरार रहेका ३ जना व्यक्तिहरुलाई विभिन्न स्थानहरुबाट लुकिछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । त्यी व्यक्तिहरुलाई पक्राउ गरी फैसला कार्यान्वयनको लागि चितवन जिल्ला अदालतमा पठाइएको छ ।
प्रतिवादीहरुले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालाहरुलाई झुक्यानमा पारी नविल बैंक, सनराईज बैंक, लक्ष्मी बैंक र राष्ट्रिय वाणिज्य बैंकका बिभिन्न रकमका चेकहरु काटी दिई बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरी उच्च अदालत पाटनबाट विभिन्न मितिमा निज प्रतिवादीहरुको हकमा बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा दफा १५९१) बमोजिम निम्न उल्लेखित सजाय हुने गरी फैसला गरेको थियो ।
प्रतिवादी राम बहादुर अधिकारीलाई २१ दिन कैद तथा २ करोड ३२ लाख २४ हजार १ सय जरिवाना हुने ठहर भएकोमा उक्त सजाय वेरुजु रही फरार रहेका निज प्रतिवादीलाई लुकिछिपी बसिरहेको अवस्थामा यस कार्यालयबाट खटीएको टोलिले चितवनबाट पक्राउ गरेको हो । यस्तै प्रतिवादी सुवास थापालाई १७ दिन कैद र ५९ लाख ७९ हजार रुपैयाँ जरिवाना गरिएको छ । साथै विष्णु अंगाईलाई १ महिना कैद र १० लाख रुपैयाँ जरिवाना गरेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै