PRABHU BANK

नेपाल स्टक एक्स्चेन्जमा बैंक अफ काठमाण्डूको बोनस सेयर सूचीकृत

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डूको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको छ । बैंकको माघ ५ गते सोमबार १३ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
गत मंसिर १५ गते सम्पन्न बैंकको वार्षिक साधारणसभाले उक्त बोनस प्रस्ताव पारित गरेको थियो । सभाले पारित गरेसँगै नेप्सेमा सो मात्रा अर्थात १ करोड ११ लाख १२ हजार ८९० कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै अबको केही दिनमा कम्पनीको उक्त सेयर सेयरधनीको डिम्याट खातामा जम्मा हुनेछ भने दोश्रो बजारमा किनबेच गर्न पाइने भएको छ ।
कम्पनीको सभाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद (लाभांशमा लाग्ने कर समेत) गरी १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै