PRABHU BANK

एनआईसी एशिया बैंकले पठायो आफ्ना सेयरधनीको हितग्राही खातामा बोनस सेयर

NIC ASIA Bank
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर पठाएको छ । बैंकको मंसिर २१ गते सम्पन्न भएको २३औं वार्षिक साधारणसभाले पारित गरेको १९ प्रतिशत बोनस सेयर बुक क्लोज हुनुभन्दा अघिल्लो दिन अर्थात् मंसिर ९ गतेसम्म सेयर अभौतिकिकरण गराएका सेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा बोनस सेयर पठाएको बैंकले जनाएको छ ।
बैंकले हालसम्म आफ्नो सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई शिघ्र सेयर अभौतिकिकरण गरी आफ्नो बोनस प्राप्त गर्न आग्रह पनि गरेको छ । आफ्नो सेयर धितो राखेका सेयरधनीहरुले लाभांश प्राप्त गर्नका लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने बैंकले जनाएको छ । बैंकको सेयर रजिष्ट्रारमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै