नेपाल एसबीआई बैंकको सञ्चालकमा वस्ती नियुक्त

काठमाडौँ। नेपाल एसबीआई बैंकको सञ्चालकमा भरत राज वस्ती नियुक्त भएका छन् । बैंकको सञ्चालकमा वस्ती दोस्रो कार्यकालका लागि नियुक्त भएका हुन् ।

बैंकको जेठ १२ गते बसेको सञ्चालक समितिको ५२८औं बैठकले वस्तीलाई उक्त पदमा नियुक्त गरेको हो।

बैंकको संस्थागत सेयरधनी, कर्मचारी सञ्चय कोषको तर्फबाट बैंकको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकको रूपमा वस्ती नियुक्त भएका छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्