के नेपालका वाणिज्य बैंकको ऋण प्रणाली सुरक्षित छ ? मूल्यांकन गर्ने जिम्मा बंगलादेशी कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वटा वाणिज्य बैंकहरूको सम्पत्ति गुणस्तर परीक्षण (Loan Portfolio Review) गर्न बंगलादेशको कम्पनी हाउलादर युनुस एन्ड कम्पनीलाई छनोट गरेको छ।

बंगलादेशको ढाकामा मुख्य कार्यालय रहेको उक्त कम्पनीले नेपाली बैंकहरूको ऋण पुस्तिकाको मूल्यांकन गर्ने जिम्मा पाएको हो। राष्ट्र बैंकले सम्पत्ति गुणस्तर परीक्षणका लागि विभिन्न देशका कम्पनीहरूमध्येबाट हाउलादरलाई प्राविधिक रूपमा सबैभन्दा योग्य ठहर गर्दै छनोट गरेको जनाएको छ।

यस प्रक्रियाका लागि हाउलादरसँगै भारत र श्रीलंकाका गरी अन्य पाँच कम्पनीहरू सर्टलिस्टमा परेका थिए। केन्द्रीय बैंकको नियमनअनुसार वाणिज्य बैंकहरूको ऋण प्रणालीको मूल्यांकन गरी जोखिम व्यवस्थापन सुधार गर्न यस्तो समीक्षा गरिँदै आएको हो।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्