अब बैंक फेर्नुपर्दैन ! कामना सेवा बैंकमा अन्य बैंकको एपबाटै नगद झिक्न सकिने

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै अन्तर बैंक टेलर क्यूआर सेवा सुरु गरेको छ।

अब ग्राहकहरूले अन्य बैंक तथा वित्तीय संस्थाहरूको मोबाइल बैंकिङ एप प्रयोग गरी कामना सेवा विकास बैंकको नगद काउन्टरबाट पनि सजिलै रकम झिक्न सक्नेछन्।

बैंकले आफ्नो स्मार्ट टेलर क्यूआर प्रणालीमार्फत अन्य बैंकका खाताबाट पनि नगद निकाल्ने व्यवस्था मिलाएको जानकारी दिएको छ।

यो सेवाले खासगरी कुनै बैंकको खाताबाट रकम झिक्न त्यसै बैंकको शाखा जानुपर्ने बाध्यतालाई हटाउनेछ।

कामना सेवा विकास बैंकले प्रविधिमा आधारित सेवा विस्तार गर्दै ग्राहकको समय बचत, सेवा सजिलो बनाउने र बैंकिङ प्रक्रिया द्रुत तथा सुरक्षित बनाउने उद्देश्य राखेको जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्