PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न, अनलाइनबाट नै खाता खोल्ने सेवा सुरु

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५६औं वार्षिकोत्सव सम्पन्न भएको छ । शनिबार भर्चुअल रुपमा बैंकको ५६ औं वार्षिकोत्सव सम्पन्न भएको हो । वार्षिकोत्सव अवसरमा बैंकले अनलाइनबाट नै खाता खोल्ने सेवा सुरु गरेको छ । यसका साथै बैंकले एकैदिन ५ वटा शाखा कार्यलय र ५ वटा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ । 
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त दुई सेवाको भर्चुअल माध्यममार्फत उद्घाटन गरेसँगैं बैंकको स्मारिका पनि विमोचन गरेको छ । बैंकका सिइओ किरण कुमार श्रेष्ठले वार्षिकोत्सवको अवसरमा बैंकले आागामी दिनमा अझ राम्रो गर्दै जाने बताएका छन् । यस्तै सो अवसरमा बैंकले वर्षको उत्कृष्ट कर्मचारीहरुलाई पनि सम्मान गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै