PRABHU BANK

गरिमा विकास बैंकद्वारा ‘स्मार्ट टेलर’ सेवा सार्वजनिक, बिना चेक पैसा झिक्न सकिने

Garima Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । गरिमा विकास बैंकद्वारा ‘स्मार्ट टेलर’ सेवा सार्वजनिक गरेको छ । बैंकले बिना चेकबुक मोबाईल बैंकिङमार्फत शाखामा उपलब्ध क्युआर कोडलाई स्कान गरी पैसा झिक्न मिल्ने ‘स्मार्ट टेलर’ सेवा सार्वजनिक गरेको हो । हाललाई यो सुविधा लाजिम्पाट शाखाबाट मात्र उपलब्ध रहेको छ । तर बैंकले चाडै नै आफ्नो सम्पूर्ण शाखा कार्यालयहरुबाट यो सुविधा उपलब्ध गराउने जानकारी दिएको छ ।
डिजिटल बैंकिङलाई प्राथमिकताका साथ आत्मसाथ गर्दै ग्राहकवर्गहरुमा थप सुविधायुक्त ग्राहकमैत्री प्रविधिहरु भित्र्याउन गरिमा विकास बैंक सधै तत्पर रहने यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताएका छन् । हाल गरिमा विकास बैंकले १ सय ६ शाखा कार्यालयहरु र ५१ एटिएमबाट आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवमं गुणस्तरिय बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै