काठमाडौँ। डा. विश्व पौडेलको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनको दरपिठ आदेश सदर भएको छ। नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेलको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा दायर गरिएको रिट निवेदनको दरपिठ आदेश सदर भएको हो ।
यसअघि न्यायाधीश सपना प्रधान मल्लको इजलासमा उक्त रिटको सुनुवाइ भएको थियो। जसमा अदालतले दरपिठ आदेशलाई स्वीकार गरेको हो। अधिवक्ताद्वय विशाल थापा र प्रतिभा उप्रेतीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
रिट दायरपछि सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेलले पौडेलविरुद्धको रिट दरपिठ गरेका थिए। रिट दरपिठ भएपछि कानुन व्यवसायीहरूले उक्त आदेशविरुद्ध निवेदन दिएका थिए। जसको सुनुवाइका लागि आजका लागि पेसी तोकिएको थियो।
यसैबीच, सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच डा. पौडेललाई गभर्नर बनाउने सहमति भएको जनाइएको छ। गभर्नर चयनका लागि गठन भएको सिफारिस समितिको बैठक अहिले बसिरहेको छ।