नेपाल एसबीआई बैंकका सञ्चालक वस्ती बैंकबाट बाहिरिए

काठमाडौँ। नेपाल एसबीआई बैंकका सञ्चालक भरत राज वस्ती बैंकबाट बाहिरिएका छन्। आफ्नो चार वर्षे कार्यकाल सकिएलगतै उनी बैंकबाट बाहिरिएका हुन्।

वस्ती २०७८ सालको जेठ महिनामा कर्मचारी सञ्चयकोषको प्रतिनिधिको रूपमा सञ्चालक समितिमा समावेश भएका थिए। उनको चार वर्षे कार्यकाल हालै समाप्त भएको छ।

नेपाल एसबीआई बैंकको सञ्चालक समितिमा उनी कर्मचारी सञ्चयकोषको प्रतिनिधिको रूपमा २०२१ सालको मे २० देखि समावेश भएका थिए। उनको कार्यकालको समाप्ति पछि उनी बैंकबाट बाहिरिएका छन्।

वस्तीको २६ वर्षे सेवामा परियोजना विश्लेषक, वित्तीय विश्लेषक लगायतका विभिन्न पदमा कार्य अनुभव रहेको छ। बैंकको सञ्चालक समितिमा समावेश हुनुअघि उनले एनआइडीसी क्यापिटल मार्केट्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत र एनसीएम मर्चेन्ट बैंकिङ लिमिटेडका अध्यक्षको रूपमा पनि कार्य गरेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्