PRABHU BANK

कर्णाली डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता, अन्तरबैंक कारोबारहरु गर्न सकिने

Karnali Development Bank
  • बैंकिङ संसार
काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएको छ । बैंकले नेपाल क्लियरिङ्ग हाउससँग अन्तरबैंक विधुतिय भुक्तानी प्रणाली, कनेक्ट आइपिइस र कनेक्ट आरटिजिएस प्रणालीहरूका लागि उक्त सम्झौता गरेको हो । कर्णाली डेभलपमेन्ट बैंक तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश कुमार रावत र नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान ले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
एनसिएचएल आइपिएस प्रणालीमार्फत बैंकले ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता अन्तरबैंक कारोबारहरु गर्न सक्छन् भने कनेक्ट आरटिजिएस् प्रणालीमार्फत ठूलो मुल्यका र तत्काल गरिने भुक्तानीहरू एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थाहरूमा गर्न सक्नेछन् । साथै बैंकका ग्राहकहरुले अब कनेक्ट आइपिएसको वेभ र मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानी कारोबारहरु पनि गर्न सक्ने भएका छन् ।
कर्णाली विकास बैंक लिमिटेड नेपालको मध्य र सुदूर पश्चिमाञ्चलको पहिलो विकास बैंक हो । जसले उक्त क्षेत्रमा बैंकिङ पहुच वृद्धिमा उल्लेख्य भूमिका निर्वाह गर्दै आईरहेको छ । एनसीएचएलसँगको सहकार्य पश्चात् उक्त क्षेत्रमा बैंकको डिजिटल बैंकिङ विस्तारमा पनि विशेष पहल हुने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै