काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले गभर्नर नियुक्ति प्रक्रियामा देखिएका गतिविधिहरूप्रति तीव्र आलोचना गरेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अहिलेको प्रक्रिया यति लज्जास्पद भएको बताएका छन् कि ‘लाज पनि लजाइसकेको’ अवस्था आएको टिप्पणी गरे।
सांसद सिंहले चुनावमा पराजित व्यक्तिहरूलाई राष्ट्रिय सभा र राजदूत जस्ता पदमा नियुक्त गर्ने प्रवृत्ति बढेको उल्लेख गर्दै अहिले सोही शैलीमा गभर्नर नियुक्त गर्न खोजिएको बताएका छन् । उनले यो गलत परम्परा भएको र यस्ता राजनीतिक आधारमा हुने नियुक्तिहरूले संस्थागत मर्यादामा आघात पुर्याउने बताएका छन् ।
उनले राष्ट्र बैंक ऐनमा कुनै पनि राजनीतिक दलको सदस्य गभर्नर हुन नपाउने प्रावधान स्पष्ट उल्लेख गरिएको स्मरण गराउँदै प्रश्न उठाए, ‘राष्ट्र बैंकमा यत्रा वर्षदेखि काम गरिरहेका योग्य विज्ञहरू छैनन् र ? भित्रबाट नियुक्ति गर्दा समस्या हुन्छरु बाहिरबाट आफ्नै दलको कार्यकर्ता ल्याउनैपर्ने ?’
सांसद सिंहले राष्ट्र बैंकजस्तो संवेदनशील संस्थामा विज्ञता र तटस्थता अत्यावश्यक भएको उल्लेख गर्दै राजनीतिक भागबण्डाको अन्त्य गर्नुपर्ने धारणा राखे।