फरवार्ड माइक्रोफाइनान्सद्वारा ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ३ लाख ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने घोषणा गरेको छ। संस्थाले एक सार्वजनिक सूचना जारी गर्दै यो सेयर बिक्री हालका संस्थापक शेयरधनीहरूका लागि खुला गरिएको जानकारी दिएको छ।

शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले २०८१ साल जेठ १ गतेदेखि आगामी ३५ दिनभित्र आवश्यक कागजातसहित बालुवाटार, काठमाडौंस्थित बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडमा निवेदन पेश गर्नुपर्नेछ।

तोकेको समयसीमाभित्र कुनै संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा बाँकी सेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने संस्थाले स्पष्ट पारेको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै