prabhu

एनआईसी एशिया बैंक : कर विवरण सहजीकरणका लागि प्यान अपडेट गर्नुस्

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ।  आयकर ऐन, २०५८ अनुसार खाताबाट गरिएको कर कट्टीको विवरण आन्तरिक राजस्व विभागको प्यान प्रणालीमा दर्ता गर्नुपर्ने भएकाले ग्राहकहरूले समयमै प्यान अपडेट गर्नुपर्ने बैंकले जनाएको छ।

ग्राहकहरूले बैंकको वेब पोर्टल वा मोबाइल बैंकिङ एपमा रहेको ‘प्यान अपडेट’ सुविधा प्रयोग गरी सजिलै आफ्नो प्यान अपडेट गर्न सक्नेछन् । साथै, आवश्यक परेमा नजिकको जुनसुकै शाखामा गएर पनि प्यान अद्यावधिक गर्न सकिने व्यवस्था बैंकले मिलाएको छ।

बैंकको अनुसार, ब्याज भुक्तानीमा गरिएको कर कट्टीलाई इ–टिडिएस रेकर्डमा देखाउन प्यान अनिवार्य हुन्छ । प्यान अद्यावधिक भएपछि कर विवरण स्वतः प्रणालीमा समावेश भई अनुसूची १० मा विवरण मिल्ने हुँदा कर प्रमाणपत्र प्राप्त गर्न थप सजिलो हुनेछ।

यदि ग्राहकले प्यान अद्यावधिक नगरेका कारण इ–टिडिएसमा कर दाखिला हुन नसकेमा वा पछि समायोजन गर्नुपरेमा त्यसको जिम्मेवारी बैंकले नलिने स्पष्ट गरिएको छ।

यसअघि नै प्यान जानकारी गराइसकेका तर विवरण समावेश नभएका ग्राहकहरूले बैंकको नजिकको शाखा कार्यालय वा ग्राहक सेवा केन्द्र १६६०–०१–७७७७१, ०१–५९७०१०१० मा सम्पर्क गरी सहयोग लिन सक्नेछन्। बैंकले हाल देशभर ३६० शाखा, ६७० एटिएम, ११८ विस्तारित काउन्टर र ५१ शाखारहित सेवा केन्द्रमार्फत सेवा प्रदान गर्दै आएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै