PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंक र नेपाल वायुसेवा निगमबीच सम्झौता, निगमका कर्मचारीलाई विनाधितो ऋण प्रदान गर्ने

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल वायुसेवा निगमबीच सम्झौता भएको छ । र नेपाल वायुसेवा निगमबीच कर्मचारी सरल कर्जा कार्यविधि २०७७ सम्बन्धी सम्झौता भएको हो । निर्धारित सेवा अवधि पूरा गरेका निगमका कर्मचारीले सरल कर्जा प्राप्त गर्न सक्ने गरी उक्त सम्झौता भएको हो ।
राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल वायुसेवा निगमका तर्फबाट निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । तलबी बचत खाता सञ्चालनमा रहेका र निगममा ५ वर्ष सेवा अवधि पूरा गरेका स्थायी कर्मचारीले निगमको सिफारिसमा विनाधितो सरल कर्जा उपभोग गर्न पाउने भएका छन् । साथै सेवा अवधि तीन वर्षभन्दा कम भएका कर्मचारीलाई कर्जा प्रवाहसम्बन्धी विधि बैंकले तोकेबमोजिम हुने भएको छ ।
निमगको सिफारिसमा सरल कर्जा १५ लाख रुपैयाँसम्मको हुनेछ । सरल कर्जा सुविधा उपभोग गर्ने कर्मचारीले सेवा अवधि बाँकी छँदै राजिनामा गरेमा वा कुनै कारण सेवामा बहाल रहन अयोग्य भई सेवाबाट हटेमा बैंकलाई बुझाउन बाँकी रकम निगमका तर्फबाट निजले पाउने जुनसुकै रकमबाट कट्टा गरी बैंकलाई उपलब्ध गराइने भएको छ । कर्जाको व्याजदर हाललाई आधार दर ५.७४ प्रतिशतमा २ प्रतिशत प्रिमियम थप गरी ७.७४ प्रतिशत रहने निगमले जनाएको छ । रासस

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै