PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता, मोवाइल एपबाटै राजस्व तिर्न सकिने

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता भएको छ । बैंकका ग्राहकले खल्ती डिजिटल वालेटमार्फत सबै सरकारी कर तथा राजस्व भुक्तानी गर्न सक्ने गरी उक्त सम्झौता भएको हो । खल्तीले बैंकसँगको सहकार्यमा मोवाइल एपबाटै राजस्व तिर्ने ब्यवस्था मिलाएको हो ।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठको उपस्थितिमा भएको यस सम्बन्धी सम्झौतामा बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनीले र खल्तीका अमित अग्रवालले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि करदाताले खल्ती मोवाइल वालेटबाट आन्तरिक राजस्व विभाग अन्तर्गतका सबै राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय करलगायतका सबै प्रकारका सेवा शुल्क सहजै रकम भुक्तानी गर्न सक्ने भएका छन् । राष्ट्रिय वाणिज्य बैंकमार्फत बुझाइने अरू कर तथा राजस्व पनि खल्तीबाटै भुक्तानी गर्न सकिने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै