समृद्धि फाइनान्सको ११ लाख ३५ हजार कित्ता सेयर बिक्रीमा

काठमाडौँ। समृद्धि फाइनान्स लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। फाइनान्सले ११ लाख ३५ हजार ५५८ कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर खरिदका लागि इच्छुक संस्थापक सेयरधनीहरूले तोकिएको ३५ दिने अवधिभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीबाट आवेदन प्राप्त नभएमा कम्पनीले सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गर्ने प्रक्रिया अघि बढाउने जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्