वाणिज्य बैंकका कर्मचारीहरूको तलब ६.०६ प्रतिशतले बढ्यो, १६ बैंकले कर्मचारी खर्च बढाए, ४ बैंकले घटाए !

काठमाडौँ। वाणिज्य बैंकहरूले कर्मचारीहरूको तलब वृद्धि गरेका छन्। चालु आर्थिक वर्ष २०८१-८२ को चैत मसान्तसम्ममा नेपालका वाणिज्य बैंकहरूले कर्मचारीहरूको तलबमा ६.०६ प्रतिशत अर्थात् २ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ वृद्धि गरेका हुन् ।

तलब वृद्धि गरेसँगै बैंकहरूको कुल तलब खर्च ४३ अर्ब ६३ करोड ८० लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा २० वटा बैंकले ४१ अर्ब १४ करोड ९५ लाख रुपैयाँ तलब भुक्तानी गरेका थिए।

समीक्षा अवधिमा १६ वटा बैंकले कर्मचारी खर्च बढाएका छन् भने ४ वटा बैंकले घटाएका छन्। एनएमबि बैंकले ३५.५७ प्रतिशत वृद्धि गर्दै २ अर्ब २३ करोड ८० लाख रुपैयाँ तलब खर्च गरेको छ। यसपछि हिमालयन बैंकको २४.६५ प्रतिशत वृद्धि, प्राइम बैंकको २०.३९ प्रतिशत वृद्धि, लक्ष्मी सनराइज बैंकको १४.४५ प्रतिशत वृद्धि, र एनआइएम्बि बैंकको ८.७८ प्रतिशत वृद्धि उल्लेखनीय छन्।

यता नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक र कृषि विकास बैंकले कर्मचारी खर्च घटाएका छन्। नबिल बैंकको खर्च ५.४३ प्रतिशत घटेर २ अर्ब ८५ करोड २७ लाख रुपैयाँ पुगेको छ। कुमारी बैंकको ०.७७ प्रतिशत र कृषि विकास बैंकको ०.१५ प्रतिशत घटेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब १४ करोड ६४ लाख रुपैयाँ तलब खर्च गरेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्