सूर्योदय वोमी लघुवित्तले ७ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्यो, इपीएस ९.४८ रुपैयाँ पुग्यो ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ७ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २४३.०६ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको नाफा २ करोड २९ लाख रुपैयाँ मात्र थियो।

खुद ब्याज आम्दानीमा सुधार आएपछि नाफा उल्लेखनीय रूपमा बढेको हो । अघिल्लो वर्ष ३७ करोड ८७ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी ४८ करोड ५९ लाख रुपैयाँमा पुगेको छ। यस अवधिमा इम्पेयरमेन्ट चार्ज भने घटेको छ, जसले पनि नाफा बढाउन सहयोग पुर्‍याएको छ।

हाल सूर्योदय वोमीको वितरणयोग्य नाफा ३ करोड ४६ लाख रुपैयाँ रहेको छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब १० करोड ६२ लाख रुपैयाँ छ भने जगेडा कोषमा ४० करोड ६३ लाख रुपैयाँ सञ्चित छ।

चैत मसान्तसम्मको हिसाबले कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ९.४८ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १४०.१६ रुपैयाँ रहेको छ भने गैर-सञ्चलनशील कर्जा अनुपात ५.२६ प्रतिशतमा पुगेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्