DISH HOME

नेपाल एसबिआई बैंकद्वारा चेपाङ समुदायलाई खाद्य सामग्री वितरण

काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं. १४ र १५ मा बसोबास गर्ने चेपाङ समुदायका लागि खाद्य सामग्री वितरण गरेको छ।

बैंकका बागमती प्रदेश प्रमुख सुशिल राज श्रेष्ठले आयोजित एक कार्यक्रमका बीच समुदायका ६३ परिवारलाई आवश्यक खाद्य सामग्री हस्तान्तरण गरेका थिए। बैंकले विपन्न तथा पिछडिएको वर्गलाई लक्षित गरी यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको जानकारी दिएको छ।

नेपाल एसबिआई बैंकले ३१ वर्षदेखि सेवा दिँदै आएको छ। हाल देशभर बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै