DISH HOME

दुर्गा प्रसाईंले बैंकलाई तिर्नुपर्ने ऋण ७ अर्ब पुग्यो, प्रसाईँ सीआईबीको घेरामा, अब के हुन्छ ?

काठमाडौँ। दुर्गा प्रसाईंसँग सीआईबीले बैंकिङ कसुरसम्बन्धी मुद्दामा बयान लिन थालेको छ। करिब ५ अर्ब ऋण लिएर तोकिएको प्रयोजनबाहेक अन्य काममा प्रयोग गरेको पाइएपछि सीआईबीले प्रसाईंसँग अबयान लिन थालेको हो।

उनले बैंकलाई तिर्नुपर्ने ब्याजसहित ऋण रकम ७ अर्ब पुगेको छ। हाल उनको बैंकिङ कसुर मुद्दामा मात्रै अनुसन्धान भइरहेको छ । प्रहरीका अनुसार उनको सम्पत्ति सुद्धिकरणमा पनि अनुसन्धान हुनसक्ने देखिएको छ।

केहि समयअघि दुर्गा प्रसाईँविरुद्ध अर्बौं रुपैयाँ ऋण दुरुपयोगको आरोप लागेको थियो। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुर्गा प्रसाईँविरुद्ध अर्बौं रुपैयाँ ऋण दुरुपयोगको अनुसन्धानसमेत सुरु गरेको थियो।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै