काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ ।
लघुवित्तले कोशी प्रदेशअन्तर्गतका जिल्लामा कार्यक्रम विस्तार तथा सञ्चालन गर्न वरिष्ठ सहायक र कनिष्ठ सहायक पदमा केही कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेदवारले जेठ ६ गतेभित्र निवेदन पेश गर्नुपर्नेछ । निवेदन लघुवित्तको केन्द्रीय कार्यालय इटहरी-४, सुनसरीमा वा इमेल ठेगाना [email protected] मार्फत पनि दिन सकिनेछ ।
आवेदन फाराम र पाठ्यक्रम लघुवित्तकै वेबसाइटबाट डाउनलोड गर्न सकिनेछ ।