prabhu

पैसा गन्ने मेसिन खरिद गर्न राष्ट्र बैंकको टेन्डर आह्वान, जेठ ६ सम्म आवेदन दिन सकिने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले नोट गन्ने (नोट काउन्टिङ) मेसिन खरिदका लागि सार्वजनिक टेन्डर आह्वान गरेको छ। सोमबार जारी सूचनामार्फत बैंकले कुल ६ थान मिडियम प्रकारका नोट काउन्टिङ मेसिन खरिद गर्न इच्छुक आपूर्तिकर्ताहरूलाई बोलकबोलमा सहभागी हुन आह्वान गरेको हो।

बैंकका अनुसार उक्त मेसिनहरू धनगढीस्थित प्रादेशिक कार्यालयका लागि खरिद गर्न लागिएको हो । प्रत्येक मेसिनको न्यूनतम बोलकबोल मूल्य २८ हजार रुपैयाँ तोकिएको छ।

इच्छुक आपूर्तिकर्ताहरूले जेठ ६ गतेभित्र प्रस्ताव पेश गर्नुपर्नेछ। राष्ट्र बैंकले प्राप्त प्रस्तावहरूको मूल्यांकन गरी ४५ दिनभित्र योग्य आपूर्तिकर्ता छनोट गर्ने जनाएको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै