PRABHU BANK

बैंक अफ काठमाण्डूको ईन्टरनेट बैंकिङ सेवा आकर्षक सुविधासहित स्तरोन्नति

Bank Of kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ईन्टरनेट बैंकिङ सेवाको स्तरोन्नति गरेको छ । बैंकले आफ्नो ईन्टरनेट बैंकिङ सेवा ‘बिओके किल्क’ विभिन्न आकर्षक सेवा तथा सुविधाहरु सहित स्तरोन्नति गरेको हो । बैंकले यस अन्तर्गत विभिन्न नयाँ सुविधाहरु जस्तै खाताको जानकारी, बहु खाताहरु लिंक र नियन्त्रण, अन्तर बैंक रकमान्तर, आइपिएस सुविधा, संस्थाको कर्मचारीको तलब व्यवस्थापन तथा तलब रकमान्तरण आदि सम्बन्धि सेवा उपलब्ध हुने जानकारी गराएको छ ।
साथै यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टी लेयर अथन्टिकेसनको व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहकहरु आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलो व्यवस्था गरीएको बैंकले जनाएको छ । बैंक अफ काठमाण्डूले ९० शाखा कार्यालय, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै