PRABHU BANK

राष्ट्रिय वाणिज्य बैंकको १५औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित

Rastriya Banijya Bank
  • बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंक संचालक समितिका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा उक्त साधारणसभा सम्पन्न भएको हो । बैंकको उक्त वार्षिक साधारणसभा माघ २८ गते बुधबार भर्चुअल माध्यमबाट सम्पन्न भएको भएको हो । उक्त सभाले बैंकको प्रस्तावित लाभांश पारित गरेको छ । सभाले सञ्चालक समितिको प्रस्तावित ४.५० प्रतिशत लाभांश पारित गरेको हो ।
यससँगै बैंकका सेयरधनीले गत आर्थिक वर्षको २०७६/०७७ को नाफाबाट चुक्ता पुँजीको साढे ४ प्रतिशत लाभांश पाउने भएका छन् । सभाले लाभांश प्रस्ताव सहित आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन र विभिन्न प्रस्तावहरु पारित गरेको छ । बैंकले २ सय ४५ वटा शाखा कार्यालय, २ सय ५ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै