स्वरोजगार लघुवित्तद्वारा विभिन्न पदमा कर्मचारी माग, इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिनुपर्ने

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ।

संस्थाले सहायक प्रशिक्षार्थी, कनिष्ठ सहायक, सहायक, वरिष्ठ सहायक तथा सुपरभाइजर पदहरूका लागि कर्मचारी आवश्यक परेको जनाएको छ।

यी पदहरूका लागि केन्द्रीय कार्यालयसँगै विभिन्न शाखा कार्यालयहरूमा काम गर्ने कर्मचारी माग गरिएको हो।

योग्यता पुगेका इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र आवेदन दिनुपर्नेछ।

पद र योग्यतासम्बन्धी विस्तृत जानकारीका लागि संस्थाको आधिकारिक वेबसाइट वा कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्