prabhu

वाणिज्य बैंकहरूको खराब कर्जा बढ्यो, १८ बैंकको अवस्था झनै बिग्रियो, सबैभन्दा धेरै खराब कर्जा हिमालयन बैंकको !

काठमाडौँ। वाणिज्य बैंकहरुको खराब कर्जा बढेको छ। बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार २० वाणिज्य बैंकहरुको औसत खराब कर्जा (एनपीएल) बढेर ४.४३ प्रतिशत पुगेको हो।

पछिल्लो आर्थिक समीक्षाअनुसार बैंकहरूको औसत खराब कर्जा (एनपीएल) ८ प्रतिशतको हाराहारीमा पुगेको छ। अघिल्लो वर्ष यो दर ३.३४ प्रतिशत मात्र थियो भने अहिले एक प्रतिशत विन्दुले वृद्धि भएको छ। समीक्षा अवधिमा १८ वटा बैंकको खराब कर्जा बढेको देखिएको छ भने जम्मा दुईवटा बैंकको मात्र घटेको छ।

त्यस्तै, हिमालयन बैंक सबैभन्दा बढी खराब कर्जासहित अगाडि देखिएको छ। बैंकको एनपीएल अघिल्लो वर्ष ४.९६ प्रतिशत रहेकामा अहिले बढेर ७.६८ प्रतिशत पुगेको छ। कुमारी बैंक दोस्रो स्थानमा छ। जसको खराब कर्जा अघिल्लो वर्ष ४.९५ प्रतिशतबाट बढेर अहिले ६.९८ प्रतिशत पुगेको छ।

तेस्रो स्थानमा लक्ष्मी सनराइज बैंक रहेको छ। अघिल्लो वर्ष ५.४९ प्रतिशत रहेको यस बैंकको खराब कर्जा अहिले ५.८६ प्रतिशतमा पुगेको छ। पाँच प्रतिशतभन्दा माथि र आठ प्रतिशतसम्मको खराब कर्जा हुने बैंकहरूको संख्या ८ पुगेको छ। त्यसैगरी, तीन प्रतिशतभन्दा माथि र छ प्रतिशतसम्मको खराब कर्जा भएका बैंक पनि ८ वटा छन्।

यता सबैभन्दा कम खराब कर्जा एभरेष्ट बैंकको रहेको छ। जसको खराब कर्जा केबल ०.६४ प्रतिशत छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक दोस्रो स्थानमा छ। जसको खराब कर्जा १.४४ प्रतिशत छ। यी दुई बैंकले अघिल्लो वर्षको तुलनामा आफ्नो खराब कर्जा घटाउन सफल भएका छन्। नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको खराब कर्जा भने डेढ प्रतिशतभन्दामाथि रहेको छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै