PRABHU BANK

नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले डाक्यो ७औं बार्षिक साधारणसभा

National Microfinance
  • बैंकिङ संसार
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आफ्नो ७औं वार्षिक साधारणसभा चैत ५ गते बिहान १० बजे क्रिक रिसोर्ट धादिङवेशी धादिङमा बोलाएको हो । उक्त सभाले गत आर्थिक वर्षको नाफाबाट २१ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश गरी कुल २७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।
यस्तै कुनै लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्त गर्ने वा एक आपसमा गाभिने प्रयोजनको लागि आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि पारित गर्ने भएको छ । यसैगरी सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन सम्बन्धमा पनि प्रस्ताव पारित गर्ने भएको छ।
कम्पनीले साधारणसभा प्रयोजनार्थको लागि फागुन १४ गतेदेखि चैत ५ गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार फागुन १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले सो सभामा सहभागिता जनाउन र माइक्रोफाइनान्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने भएका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै