ग्लोबल आइएमई बैंकमा कर्मचारीको आवश्यकता, केबलकार विवादले सुरक्षाको जोखिम !

काठमाडौँ। ग्लोबल आइएमई बैंकले कर्मचारी माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै सूचना प्रविधि र एकीकृत जोखिम विभागमा अफिसर लेभल र असिस्टेन्ट लेभल पदमा कर्मचारी माग गरेको हो।

इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले वैशाख १४ गतेभित्र आवेदन दिन सक्नेछन्। बैंकका अनुसार सोहि क्षेत्रमा काम गरेकालाई बढी प्राथमिकता दिइनेछ।

केबलकार विवादले सुरक्षाको जोखिम !

ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार बनाउने सम्झौता खारेजीको माग गर्दै आन्दोलित बनेका स्थानीयहरुले बैंकका सिइओ रेग्मीको पुत्ला जलाएका थिए । सिइओसँगै उनीहरुले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको समेत पुत्ला जलाएका थिए ।

ढकाल नेतृत्वको आइएमई ग्रुपले पाथिभरा क्षेत्रमा केबलकार बनाउन लागेको हो । तर, स्थानीयले भने केबलकार बनाउन नहुने भन्दै र सम्झौता खारेज गर्नुपर्ने माग गर्दै विरोध गरिरहेका थिए । यसैबीच आन्दोलनरत पक्षले ढकाल अध्यक्ष रहेको ग्लोबल आइएमई बैंकमा खाता बन्द गर्ने अभियान नै चलाएका थिए ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्