prabhu

सिटिजन्स बैंक र पेलेस एप्सबीच सम्झौता, ग्राहकहरुले विशेष छुट पाउने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक र पेलेस एप्सबीच सम्झौता भएको छ । बैंक र पेलेस एप्सबीच बैंकको कार्डवाहकहरूलाई विशेष छुट दिने सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतापछि सिटिजन्स बैंकका कार्डवाहकहरुले पेलेस एप्ससँग आवद्ध ४५० भन्दा बढी आउटलेटहरूमा विशेष छुट पाउने भएका छन् । हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।
यस्तै बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्ने सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पीन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ । सिटिजन्स बैंकले देशैभरी फैलिएका आफ्ना १ सय ९ वटा शाखा, ९८ वटा एटिएम र १ सय ७ वटा शाखा रहित बैंकिङ सेवामार्फत करिव ७ लाख ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै