PRABHU BANK

सिदार्थ बैंकद्वारा होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण, नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिदार्थ बैंकले नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले गोंगबु क्षेत्रका होटल व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरेको छ । बैंकले शुक्रबार नेपाली होटल व्यवसायी संघसँग आवद्ध ५० होटल व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम, गोंगबु शाखा प्रबन्धक मिन बहादुर चौलागाई, नेपाली होटल व्यवसायी संघका महासचिव गणेश ढकाल साथै होटल व्यवसायी सदस्यहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा शम्भु नाथ गौतमले श्रमिक गेष्ट हाउसमा क्यूआर कोड मार्फत भुक्तानी गरी कार्यक्रम सम्पन्न गरेका हुन् । उक्त क्यूआर कोड सेवा सुरु भएसँगै ग्राहकहरुले नेपाली होटल व्यवसायी संघ अन्तर्गतमा रहेका होटल तथा लजहरुमा आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी होटल संचालकलाई सिधै खातामा भुक्तानी गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै