PRABHU BANK

सनराइज बैंकले ल्यायो नयाँ योजना, मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक पाइने

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकका ग्राहकले मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक पाउने भएका छन् । ‘स्मार्ट बनौं, डिजिटल बैंकिङ गरौं’ अभियानलाई आत्मासाथ गर्दै बैंकले आफ्नो मोबाइल बैंकिङ सनराइज स्माटको प्रयोग गरि मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक दिने योजना ल्याएको हो । यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको सनराइज स्मार्ट प्रयोग गरि खरिद गरिएको हरेक टिकटमा १०० रुपैयाँ क्यास व्याक प्रदान गर्नेछ । यो योजना फागुन ७ गतेदेखि चैत मसान्तसम्म रहने भएको छ ।
कोभिड-१९ को वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगदमार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने विश्वास बैंकले लिएको छ । डेबिट÷क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायतका अत्याधुनिक बैंकिङ उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहान गर्ने हेतुले सनराइज बैंकले विभिन्न नविनतम् सेवा सुविधा ल्याउँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै