PRABHU BANK

एनएमबि बैंकको क्युआर कोड दमकको नमुना कृषि बजारमा

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकले दमकको नमुना कृषि बजारमा क्युआर कोडमार्फत नगदरहित भुक्तानी सुरु गरेको छ । बैंकले नगदरहित कारोबारलाई प्रवर्धन गर्ने उद्देश्यसहित दमकमा क्युआर कोडमार्फत भुक्तानी सुरु गरेको जनाएको छ । बैंकले सोमबार एक कार्यक्रम गर्दै नमुना कृषि बजारलाई क्युआर कोड हस्तान्तरण गरेको हो ।
बैंकले साना तथा मझौला उद्यमीलाई विगत देखी केन्द्रविन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगदरहित कारोवार प्रवर्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ तर्फ प्रोत्साहन गर्ने प्रयास रहेको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै