PRABHU BANK

नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो ४० लाख कित्ता ऋणपत्र बाँडफाँड

Nepal Investment Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको ऋणपत्र बाँडफाँड गरिएको छ । बैंकले माघ १६ गते शुक्रबारबाट फागुन २ गते आइतबारसम्म निष्कासन गरेको ऋणपत्र बाँडफाँड गरिएको हो । उक्त अवधिभित्र प्राप्त आवेदनहरू प्रशोधन गर्दा सर्वसाधारणका लागि छुट्याइएकोमा माग बमोजिम र व्यक्तिगत तवर मार्फत प्राप्त आवेदनको हकमा आंशिक रूपमा फागुन ९ गते आइतबार ऋणपत्र बाँडफाँड गरिएको बैंकले जनाएको छ ।
व्यक्तिगत तवर तर्फका आवेदकहरुले आंशिक बाँडफाँडमा परेको ऋणपत्र बाहेकको बाँकी रकम फागुन १० गते सोमबारदेखि फिर्ता पाउने भएका छन् । बैंकले ७ वर्ष अवधिको लागि ‘८.५ प्रतिशत, ७ वर्ष नेपाल इन्भेष्टमेन्ट बैंक डिबेन्चर २०८४’ नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र निष्कासन तथा बिक्री खुला गरेको थियो । जसमध्ये बैंकले सर्वसाधारणका लागि १६ लाख कित्ता र व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई २४ लाख कित्ता बिक्री गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै